Thursday, July 30, 2026

सिरहाको गोलबजार घटना छानबिन गर्न समिति गठन

बारा, १४ साउन । सिरहाको गोलबजारमा दुई समुहबीच भएको झडपका क्रममा प्रहरीद्वारा गोली चलेको घटनाको विस्तृत अध्ययन र छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

गोलबजार क्षेत्रमा उत्पन्न साम्प्रदायिक तनाव, झडप र त्यसक्रममा प्रहरीबाट गोली चलेको परिस्थितिको सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरीले तत्काल यो कदम चालेको हो।

प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको संयोजकत्वमा गठित उक्त छानबिन समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। मितिलाई घटनास्थलमा पुगी स्थलगत अध्ययन गर्ने, प्रत्यक्षदर्शी तथा सम्बन्धित पक्षहरूसँग आवश्यक छलफल गर्ने र प्रमाण संकलन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिले घटनाको वास्तविक अवस्था, सुरक्षा व्यवस्थापनमा देखिएका कमीकमजोरी तथा गोली चल्नुको मुख्य कारणबारे अध्ययन गरी शीघ्र प्रतिवेदन बुझाउने जनाइएको छ। गोलबजारमा भएको झडप तथा गोली प्रहारबाट गणेश यादवको मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर