Friday, July 31, 2026

बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन मधेश प्रदेश सरकारको अपिल

बारा, १५ साउन। मधेश प्रदेशका केही स्थानहरूमा साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाहरू बढ्न थालेपछि मधेश प्रदेश सरकारले आफ्ना बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन सम्पूर्ण अभिभावकहरूसँग सार्वजनिक अपिल गरेको छ।

सडक प्रदर्शन, जुलुस र भीडभाडमा कलिला बालक तथा युवाहरूको संलग्नता बढिरहेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक अपिल जारी गरेको हो।

मन्त्रालयले आफ्ना छोराछोरीलाई कुनै पनि किसिमको उक्साहट, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुने जनाएको छ। अभिभावकको एउटा विवेकपूर्ण निर्णय र सजगताले बालबालिकाको भविष्य सुरक्षित हुनुका साथै समग्र प्रदेशको शान्ति, सद्भाव र सामाजिक एकतालाई समेत टेवा पुग्ने प्रदेश सरकारको भनाइ छ।

गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोद्वारा जारी अपिलमा बालबालिकाहरूको दैनिक गतिविधिमा निगरानी राख्न र विशेषगरी सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा भड्काउ सूचनाबाट उनीहरूलाई सचेत गराउन आग्रह गरिएको छ। क्षणिक आवेगमा चालिने गलत कदमले जीवनभर पछुताउनुपर्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत गराउँदै सरकारले आफ्ना सन्तानलाई भीडतर्फ होइन शिक्षातर्फ र हिंसाको साटो मानवता, सद्भाव एवम् धार्मिक सहिष्णुताको बाटो रोज्न प्रेरित गर्न आह्वान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर