Saturday, August 1, 2026

सिरहामा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि

बारा, १६ साउन । सिरहाको गोलबजारमा गत १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय किशोर गणेश यादवको आज अन्त्येष्टि गरिएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भएपछि मृतक यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याएर परिवारलाई हस्तान्तरण गरिएको थियो।

नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको शव स्थानीय प्रशासन र सुरक्षा निकायको उपस्थितिमा परिवारजनले बुझेका थिए। गृहजिल्ला शव ल्याइएलगत्तै हिन्दु परम्परा अनुसार आवश्यक धार्मिक प्रक्रिया पूरा गरी औरही गाउँपालिका-२ स्थित गागन खोलाको किनारमा लगेर यादवको अन्त्येष्टि गरिएको हो।

सरकार र पीडित पक्षबीच सहमति जुटेपछि परिवारजनले शव बुझेका हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर