Sunday, August 2, 2026

स्रोत नखुलेको दुई लाख ९ हजार भारतीय रुपैयाँसहित पर्सामा दुई जना पक्राउ

बारा, १७ साउन । पर्सा प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित नहर सडकखण्डबाट ईलाका प्रहरी कार्यालय जानकीटोलाको टोलीले विशेष सूचनाका आधारमा शनिबार उनीहरूलाई पक्राउ गरेको हो। 

ना. १० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा प्रहरीले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ घर भई हाल चितवनको माडी नगरपालिका वडा नं. ९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही ठाउँका २६ वर्षीय तिलक हिमडुङलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूको साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय ५०० दरका ३१६ थान (रु. १,५८,०००), २०० दरका ७५ थान (रु. १५,०००) र १०० दरका ३६५ थान (रु. ३६,५००) गरी जम्मा दुई लाख ९ हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरिएको छ।

बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर