Sunday, August 2, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

बारा, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमको पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि गरिएको हो। नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्यवृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार मानी इन्धनको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर