Monday, August 3, 2026

अपाङ्गता भएका असहाय व्यक्तिलाई उपकार सेवा नेपालद्वारा ह्विलचेयर सहयोग

वीरगञ्ज, १८ साउन। सामाजिक सेवामा सक्रिय उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–२, छपकैयाका एक जना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका असहाय व्यक्तिलाई ह्विलचेयर सहयोग गरेको छ।

संस्थाका अनुसार ह्विलचेयर उपकार सेवा नेपाल र समाजसेवी श्रीमती पुष्पा गाडियाको सहयोगमा उपलब्ध गराइएको हो। सहयोगस्वरूप प्रदान गरिएको ह्विलचेयर उपकार सेवा नेपाल वीरगञ्जकी अध्यक्ष विद्या कुमारी सरावगीले लाभग्राहीलाई हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सुमन बगेडिया, समाजसेवी प्रकाश थारु, अमर सर्राफ, राजन श्रीवास्तव, रिसु वर्मा, सुरज सर्राफ तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले पर्सा तथा आसपासका जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर असहाय, निसहाय र अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार स्वास्थ्य सामग्री, ह्विलचेयर तथा अन्य मानवीय सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने संस्थाको प्रतिबद्धता रहेको छ।

यस अवसरमा उपकार सेवा नेपालले श्रावण महिनाको पहिलो सोमबारको अवसर पारेर सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको शुभकामना समेत व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर