Tuesday, August 4, 2026

स्रोत नखुलेको १३ लाख नगदसहित दुई जना पक्राउ

बारा, १९ साउन । सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल बि.ओ.पि. संग्रामपुरबाट खटिएको गस्ती टोलीले साउन १९ गते सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमावर्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेका दुई व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

चेक जाँचका क्रममा उनीहरूको साथबाट स्रोत खुलाउन नसकेको नेपाली नगद रु. १३ लाख र दुई थान मोबाइल बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बरामद रकम तथा मोबाइलसहित आवश्यक कानूनी कारबाही र थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर