Monday, August 10, 2026

प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुल्ने एक जना पक्राउ

बारा, २५ साउन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाई रकमको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।

सर्लाहीको विष्णु गाउँपालिका-४ बस्ने ४० वर्षीय अवधेश चौधरीलाई साउन २३ गते प्रहरीले नियन्त्रणमा लिएको हो। चौधरीले सोही ठाउँका राजेन्द्र रायसँग मिली प्रहरी कर्मचारीलाई प्रभावित पारी थुनामा रहेका मानिस छुटाइदिने भन्दै रकम लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रहेका राजेन्द्र रायको खोजी भइरहेको तथा पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, नेपाल प्रहरीले प्रवाह गर्ने सम्पूर्ण सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने भएकाले यस्ता प्रलोभन वा अवाञ्छित गतिविधिबाट सजग रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर