Wednesday, August 19, 2026

उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार सरकारी गाडी भीमफेदीमा दुर्घटना, ६ जना घाइते

Advertisement
Advertisement Advertisement

बारा,०२ भदौ । उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार सरकारी गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

काठमाडौंबाट बिरगंजतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी अनियन्त्रित भई मंगलवार बिहान करिब ७ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख इन्सपेक्टर रमेश विष्टका अनुसार गाडीमा मुख्य न्यायाधीश डाँगीसहित चालक र अन्य गरी ६ जना सवार थिए।

दुर्घटनामा घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। थप उद्धार तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर