Saturday, September 19, 2026

रसुवा बाढी : १२ जनाको उद्धार, १२ हेलिकोप्टर उद्धारमा खटिए

Advertisement
Advertisement

बारा, १० भदौ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित स्थानीयहरूको उद्धार कार्य तीव्र पारिएको छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ जनाको सुरक्षित उद्धार गरिसकिएको छ। हवाई मार्गमार्फत गरिएको यस उद्धार अभियान अन्तर्गत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको हो।  

उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन नेपाली सेनाका चार र निजी विमान कम्पनीका आठ गरी कुल १२ वटा हेलिकोप्टरहरू निरन्तर खटिरहेका छन् ।

बाढीपीडित तथा घाइतेहरूको तत्काल उपचारका लागि नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा समेत प्रदान गरिरहेको सेनाले जनाएको छ। खोज तथा उद्धार कार्य अहिले पनि निरन्तर जारी छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर