बारा, १५ असोज । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पुगेको छ।
प्रतिनिधिसभाको विधेयक शाखामा पुगेसँगै संसद् सचिवालयले दर्ता प्रक्रिया अघि बढेको जनाएको छ।
सरकारले ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने महत्त्वपूर्ण प्रावधान समेटेर विधेयक संसद्मा पठाएको हो।
असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
यो विधेयक पारित भएर कार्यान्वयनमा आएमा हाल कार्यरत हजारौँ प्रशासनिक कर्मचारीहरू एकैपटक सेवाबाट बाहिरिने अनुमान गरिएको छ।






