बारा, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार साँझ रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेबाट सुरु हुने यस खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।
हालसम्म प्रतियोगितामा ५ खेल खेलिसकेको सुदूरपश्चिम ३ मा विजय र २ मा हारको नतििकासहित ६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा खडा छ। आजको खेलमा आफ्नो पक्षमा नतिजा पार्न सकेमा सुदूरपश्चिमलाई प्लेअफ चरणको यात्रा तय गर्न ठूलो सहयोग पुग्नेछ।
यता, जनकपुर बोल्ट्स पनि आज मैदानमा दबाबका साथ उत्रनेछ। ५ खेलबाट २ मा जित र ३ मा पराजय व्यहोरेको जनकपुर ४ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ। प्रतियोगितामा टिक्न र प्लेअफ सम्भावनालाई जीवितै राख्न जनकपुरका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ।




