Tuesday, November 10, 2026

बारामा निर्माणाधीन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Advertisement
Advertisement

बारा, २४ कात्तिक। बाराको महागढीमाई नगरपालिका–३ गंजभवानीपुरमा निर्माणाधीन घरमा वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोगरहिया निवासी द्वारिका प्रसाद जयसवालका करिब २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।

प्रहरीका अनुसार जयसवाल मंगलबार दिउँसो करिब १२:०५ बजे गंजभवानीपुर निवासी मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका थिए। सोही क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।

घाइते जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो १:१५ बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको थियो।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा सोको (SOCO) सहितको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।

पोस्टमार्टमपछि मंगलबार दिउँसो ४:२५ बजे मृतकका दाइ रिकेश जयसवालले शव बुझेर लगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर