27.2 C
Kalaiya

Monday, September 1, 2025
spot_img
27.2 C
Kalaiya
Monday, September 1, 2025

बारा: बसमा सवार भारतीय नागरिकको ब्यागबाट लागू औषध गाँजा बरामद

spot_img
spot_img

बारा,२८ माघ । बारामा लागू औषध गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतीय नागरिक वर्ष ४५ को बिजय श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Advertisement

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा खटिएको प्रहरीले नारायणघाट बाट बिरगंज तर्फ आउँदै गरेको ना ६ ख ५३०९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गरेको थियो ।

चेकजाँचो क्रममा उक्त बसमा सवार श्रीवास्तवको साथमा रहेको कालो ब्यागबाट अवैध लागु औषध गाँजा ४ किलो ५ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

उनलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरिक्षक सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर