Sunday, August 9, 2026

गौतम श्री बोर्डिङ स्कुलको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कलैया,१८  फागुन । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाइपास रोडमा रहेको गौतम श्री बोर्डिङ स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ।

गौतम श्री बोर्डिङ स्कुलले आफ्नो प्राङ्गणमा शनिबार एक कार्यक्रम बिच “शिक्षा– संस्कार– सुरक्षा” भन्ने मूल नाराका साथ उसले वार्षिकोत्सव मनाएको छ।

कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवाल रहेका हुन्। उनले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वर्णवालले विद्यालयले जोए अफ लर्निङ्गमा बच्चाहरुलाई शिक्षा प्रदान गर्न सुझाव दिए।

पारिवारिक वातावरण तथा बालमैत्रीमै बच्चाहरुलाइ शिक्षा प्रदान गर्न उनले आग्रह गरे। बच्चाहरुलाई डर वा दबाब बिना सिक्ने वातावरण बनाउन उनले भने।

अभिभावकले पनि आफ्नो घरमा ३० मिनेट समय निकालेर बच्चाहरुले आफ्नो गृहकार्य ग-यो कि गरेन,गृहकार्य गर्नमा सहज हुने गरि सिकाउन उनले आग्रह गरे। उनले शिक्षा नै मूल धन रहेको बताए। शिक्षाप्रति ध्यान दिन उनले सबैलाई आग्रह गरे।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नागेश्वर चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

सो कार्यक्रममा श्री माध्यमिक बिधालय कनकपुर +२ रौतहटका कोडिनेटर अनुज श्रीवास्तव र अभिभावक शशी भुषण कुशवाहा लगायतले शुभकामना मन्तव्य दिदै विद्यालयको शैक्षिक प्रगतिको कामना गरेका थिए।

सो स्कुल कक्षा पि.जि देखि ५ सम्म संचालनमा रहेको बोर्डिङका प्रधानाध्यापक मनोज शर्मा सेढाईले जानकारी दिएका छन्।

बोर्डिङमा पूर्ण पारिवारिक वातावरण,अनुभवी शिक्षकको ब्यवस्था सहित बाल मैत्री कक्षाको ब्यवस्थापन रहेको सेढाईले जानकारी दिए।

कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्षको सिफारिसमा जेहेन्दार विद्यार्थी,अपाङ्ग,एकल महिलाका एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने सेढाईले बताएका छन्। स्कुलमा करिब तीन सय बालबालिकाहरु रहेको उनले समेत बताए।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर शिक्षा समिति सदस्य मनोज साह,मधेस प्रदेश बास्केटबल प्रशिक्षक राम बिनय जैसवार,नेपाल लेखापढी कानुन एशोसिएसन बाराका अध्यक्ष बृजकिशोर यादव, दुर्गा नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज यादव, मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल रामबाबु कुशवाहा,आर्टिस्ट डाएन्स एण्ड फिटनेस सेन्टरका हरेराम कुशवाहा,विद्यालयका प्रबन्ध निर्देशक सन्तोष यादव, कोडिनेटर राजा जैसवाल,विशेष सल्लाहकार शैलेन्द्र चौधरी र रबिन्द्र केशरी,शिक्षक,अभिभावक,बालबालिका तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

गौतम श्री बोडिङ्ग स्कुलका पञ्च कन्याले स्वागत गरेका थिए। सो कार्यक्रमको संचालन प्रधानाध्यापक सेढाईले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर