Sunday, August 9, 2026

रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

सिरहा २१ फागुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको २४ दिन पछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको छ। घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ ।

माघ २७ गते करीव ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

रिंकु माघको ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थपने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। न्युज कारखाना

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर