Saturday, July 25, 2026

बाराको बाल एकता बोर्डिङ स्कुलले मनायो आफ्नो ३३ औं बार्षिकोत्सव

कलैया,२५ फागुन । बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलले  ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

बिधालयको प्राङ्गणमा शनिबार एक कार्यक्रमका बीच आफ्नो ३३ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको कलैया उपमहानगरपालिका का शिक्षा,युवा तथा खेलकुद महाशाखा का प्रमुख प्रहलाद प्रसाद वर्णवाल लगायत संयोक्तले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

साथै बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला सोनारले बाल एकता बोर्डिङ स्कुलका प्रिन्सपल स्वर्गीय रुपेश स्वर्णकारका तस्बिरमा फुलमाला अर्पण गरेका थिए ।

श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहा,राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख निवेश तिमल्सिना र मायादेवी मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक डिएसपी डाक्टर सुरेन्द्र प्रसाद साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

वार्षिकोत्सबको अवसरमा विधालयले होलि नृत्य लगायत विभिन्न किसिमको प्रस्तुत गरेका थियो ।

बाल एकता बोर्डिङ स्कुल जिल्लाको एक ख्याती प्राप्त बिधालय भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारले बताएका छन । उनले आफ्नै बिधालय भवनमा खेलकुद ग्राउण्ड,मैदान,पुस्तकालय,प्रयोगशाला,आफ्नै छात्राबास समेत रहेको बताए ।

यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डाक्टर,ईन्जिनियर सङ्गै राजनैतिक छेत्रमा समेत पुगेको सोनारले बताए ।

कलेजमा बिज्ञान र म्यानेजमेन्ट सन्काय समेत सन्चालमा रहेको सोनारले जनाएका छन ।

उक्त कार्यक्रममा विधालय व्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष संतोष कुमार सरार्फ,विधालयका सहायक निर्देशक संगिता सरार्फ,छात्रावासका निर्देशक छाँया सरार्फ,प्लस २ का संयोजक प्रिन्स कुमार सिंह,कलैया उपमहानगरपालिका का वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,शिक्षा तथा महाशाखाका अधिकृत राजिव यादव,नेपाल भारत मैत्री संघ मधेस प्रदेश सचिव पवन अग्रवाल,नेल्टा मधेस प्रदेश सचिव रामबहादुर पण्डित,सदस्य तेजिलाल साह,नेपाल एस्काउटका भरत प्रसाद साह,जनमत पार्टीका केन्द्रिय बिकाश कुमार सिंह,जमिल अख्तरसहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।

बाल एकता बोडिङ्ग स्कुलका बिधालय प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन अनुज श्रीवास्तवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर