21.1 C
Kalaiya

Sunday, December 14, 2025
spot_img
21.1 C
Kalaiya
Sunday, December 14, 2025

चुरे क्षेत्रमा वायुप्रदूषण भयावह बन्दै

spot_img
spot_img

महोत्तरी, २७ चैत । महोत्तरीको चुरे क्षेत्रका स्थानीयहरू एक्कासी आँखा पोल्ने समस्यावाट स्थानिय प्रताडित बनेका छन् ।वायुमण्डलमा बाक्लै देखिएको धुवाको कारण आँखा पोल्ने समस्या बनेको स्थानियकाे भनाई छ । केही दिन देखि वायु प्रदुषण अत्याधिक बढे पछी बाहिर निस्कदाँ र घरमा नै बसिरहदाँ पनि समस्या बनिरहेको स्थानीय युवा अमिश रिसालले बताए । ‘हिजो ९ बजे कोठामा नै बसिरहेको बेला पनि आँखा अत्याधिक पोलेको र हेर्न नसक्ने अवस्था बनेको थियो,’ रिसालले भने, ‘यो यथोचित रहयो भने भयावह हुने देखिन्छ ।’

Advertisement

विशेषगरि जिल्लाको औरही नगरपालिका देखि माथी बर्दिवास, गौशाला नगरपालिकाहरुमा यो समस्या देखिएको छ । आकाश र वरपर अत्याधिक धुवा देखिए पछी बिहानै मर्निङ्गवाकमा निक्लनेहरु पनि त्रसित बनेका छन् । शुभस्वस्तिक अस्पतालका प्रमुख दिपक कार्कीले वायु प्रदुषणका तस्विरहरु साझा गर्दै विशेषगरि बालवालिका र बृद्दहरुलाई सचेत हुन् आग्रह गरेका छन् । ‘अहिले चुरेमा वाक्लो हुस्सु जस्तो देखिन्छ त्यो वायुप्रदूषण नै हो,’ प्रमुख कार्कीले भने, ‘सवैजना यसवाट सावधान अपनाउनु पर्ने नितान्त आवस्यक छ ।’

Advertisement

यता स्वास्थ्यकर्मीहरुले पनि चुरे क्षेत्र विशेषगरि बर्दिवास नगर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले चुरेका जंगलमा भएको आगलागीको कारण पनि यो समस्या बनेको हुन् सक्ने बताए । ‘अहिले जताततै डढेलो लगाईएको छ, वन नै सखाप हुने गरी भएको आगलागीका कारण यो समस्या उत्त्पन्न भएको हुन् सक्छ,’ प्रमुख साहले भने, ‘जे जस्तो भएतापनि सावधानी अपनाउनु पर्छ ।’

Advertisement

स्वास्थ्यकर्मीहरुले कामबिना वाहिर ननिस्कन सुझाएका छन् । बर्षा समेत नभईरहेको अवस्थामा अहिले देखिएको वायुप्रदूषण थप भयावह हुन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् । न्युज कारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर