Sunday, August 9, 2026

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न

कलैया,२२ चैत । शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान बारा जिल्ला सहित देशभर उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको हो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ। 

जिल्लाको कलैया, सिम्रौनगढ, बरियारपुर, गंजभवानीपुर, प्रसौनी, जितपुर, परवानीपुर लगायत जिल्लाको विभिन्न स्थानमा रहेका छठी घाटहरुमा उदाउँदो सूर्यलाई अध्र्य दिएका हुन् । कात्तिक र चैत गरी एक वर्षको दुईपटक छठ पर्व मनाउने परम्परा छ ।

तस्वीर : अमित गुप्ता

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर