Wednesday, August 5, 2026

बारामा बौलाहा कुकुरको टोकाईबाट ३ जना गम्भिर घाईते

कलैया, २४ चैत । बारामा बौलाहा कुकुरको टोकाईबाट तीन जना गम्भिर घाईते भएका छन । करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा शनिबार बौलाहा कुकुरको टोकाईबाट तीन जना बाल बालिका गम्भिर घाईते भएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष सोनालाल साहका अनुसार घाईते हुनेमा सदाम हुसेनको ५ बर्षिय छोरी समैरा खातुन,अशोक चौधरीको ५ बर्षिय छोरी अन्नया चौधरी र मधुवनमा आफन्तकोघर आएका नाम थर नखुलेको करैयामाई गाउँपालिका वडा नम्बर ५ तेतरिया थोडियाही घर भएकी एक बालिका रहेकी छन।

बौलाहा कुकुर उनीहरुलाई घर भित्र प्रवेश गरी टोकेको वडा अध्यक्ष साहले बताए । उनका अनुसार बालिकाहरुको हात खुटृामा बौलाहा कुकुरले टोकेको हो । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भएको छ । गाउँघरमा बिगत केही बर्ष देखि कुकुरहरुको बिगबिगी बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर