Sunday, September 27, 2026

आफ्नै छोरीलाई करणी गर्ने बुवा पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

कलैया २६, चैत। आफ्नै छोरीलाई करणी गर्ने एकजना बुवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्साको वीरगन्ज स्थित छपकैयामा आफ्नै छोरी (३४ छपकैया (प) २०८१/०८२) लाई ‘बाल यौन दुर्व्यवहार सामग्री’ देखाई करणी गर्ने र करणी गरिरहेको भिडियो बनाएर जिमेलको गुगल ड्राइवमा सेभ गरेर राख्ने उनलाई साईबर ब्युरो भोटाहिटी र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ।

पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेर सांकेतिक नाम सार्वजनिक गरेको छ। पक्राउ पर्नेको नाम जिल्ला ३४ प-१ २०८१/०८२ राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास नेम्वाङले जानकारी दिनुभयो।

उनले बारा अपडेटसंग कुराकानी गर्दै भने, “बुवा र छोरीको नाम गोप्य राखेका छौं। बुवाको नाम सार्वजनिक गरेपछि सबै परिवारको गोपनीयता भंग हुने छ। र त्यसको लागी कानुनले पनि रोक लगाएको छ।”

हराएका र शोषित बालबालिकाको राष्ट्रिय केन्द्र (ऐनसिएईमसी ) ले रिपोर्ट २०७९६३८८६ मार्फत साईबर ब्युरोमा कागजातहरु र मोबाइल नम्बरहरु ९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१ र जिमेल एकाउन्टको प्रयोग कर्ताको विषयमा अनुसन्धान गर्दै जादा ‘बाल यौन दुर्व्यवहार सामग्री’ रहेको पाइएपछि मोबाइल सहित निज जिल्ला प-१ लाई पक्राउ गरिएको हो।

पक्राउ परेका माथि करणी सम्बन्धी कसुर र विद्युतीय इलेक्ट्रोनिक्स तथा कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर