Friday, July 24, 2026

आफ्नै भाईलाई मार्नको लागि कम्मरमा बाँधेर राखेको कटुवा पेस्तोल सहित दाई पक्राउ

बिरगंज,२७ चैत ।सहोदर दाजुभाई बिच गहुँ काट्ने विषयलाई लिएर एकआपसमा हातपात र झैझगडा गर्ने क्रममा भाईलाई मार्ने प्रयोजनका लागि कम्मरमा बाँधेर राखेको कटुवा पेस्तोल सहित एकजना दाईलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नं ६ निवासी ६० वर्षिय बिरेन्द्र यादव रहेका छन्। यादवले झैझगडा गर्ने क्रममा आफ्नै भाई ५५ वर्षिय सिकिन्द्र यादवलाई मार्न निलो रातो धर्का भएको ट्रयाक पाईन्ट भित्र कालो रंगको बेल्टमा कम्मरमा बाँधेर दाहिने पट्टी कटुवा पेस्तोल र गोली राखेका थिए।

उनलाई प्रहरी चौकी महुवनबाट झैझगडा छुटाउन गएको प्रहरीको टोलीले १ थान कटुवा पेस्तोल, ४ राउण्ड बिएमएम केएफ ०० लेखिएको गोली र १ थान फलामको चाचर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी हातहतियार तथा खरखजाना सम्बन्धी कसुर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर