36.1 C
Kalaiya

Monday, July 7, 2025
36.1 C
Kalaiya
Monday, July 7, 2025

spot_img

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो ।

Advertisement
Advertisement

साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । प्रहरीले हिजो झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो ।

Advertisement
Advertisement

गत चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षती हुन पुगेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर