Monday, August 10, 2026

शिक्षक महासंघले बारासहित देशभरका कक्षा १२ को परीक्षा केन्द्राध्यक्षहरूलाई काठमाडौं बोलायो

कलैया,०९ वैशाख । नेपाल शिक्षक महासंघको बैठक सम्पन्न भएको छ। बैठकले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । त्यस्तै बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन देशभरका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर