Friday, October 2, 2026

भीषण हावाहुरी र वर्षाले सिम्रौनगढ क्षेत्रको विद्युत सेवा प्रभावित, मर्मत कार्य हुँदै

Advertisement
Advertisement

कलैया, १५ वैशाख । आइतबार राति आएको भीषण हावाहुरी, चट्याङ्ग र वर्षाले नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रअन्तर्गतका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

सिम्रौनगढ वितरण केन्द्रका अनुसार हावाहुरीका कारण थुप्रै स्थानमा विद्युतका पोल ढलेका छन् भने विभिन्न ठाउँमा तारमाथि रुख ढलेर लाइनमा क्षति पुगेको छ। यसले गर्दा सिम्रौनगढ वितरण केन्द्रको सेवा क्षेत्रमा व्यापक विद्युत अवरोध सिर्जना भएको हो। उक्त ठाँउहरुमा मर्मत तथा सम्भार टोली तत्काल फिल्डमा परिचालन गरिएको छ। यद्यपि ठूलो क्षतिको कारण मर्मत कार्यमा केही समय लाग्न सक्ने भएकाले केन्द्रले उपभोक्ताहरूलाई धैर्य गर्न तथा विद्युत संरचनासँग सुरक्षापूर्वक टाढा रहन आग्रह गरेको छ।

सावधानी अपनाउन सिम्रौनगढ वितरण केन्द्रको अनुरोध

कुनै स्थानमा पोल ढलेको, तार झरेको, रुखले तार छोएको वा अन्य किसिमका क्षति देखिएको खण्डमा तत्काल नजिक नजान र सावधानी अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। साथै, यस्ता समस्या देखिएमा तस्बिरसहित जानकारी दिनसमेत आग्रह गरिएको छ।

सम्पर्कका लागि उपलब्ध नम्बरहरू:

• सिम्रौनगढ फ्युज सेवा: ९८१७२३४६९९

• पचरौता फ्युज सेवा: ९८१७२७८५३८

• लङ्गडा फ्युज सेवा: ९८१२२२०६२५

• नो लाइट तथा मर्मत फाँट: ९८५५०४९९९२

• सिम्रौनगढ सब-स्टेसन: ९८५५०४९९९४

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर