Saturday, September 19, 2026

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एकजना पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

वीरगन्ज, २४ बैशाख। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजनालाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट स्थित सडक खण्डमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरुलाई रोकी आफन्त नेपालको कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएपछि एकजनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाँउपालिका वडा नं २ बस्ने २४ वर्षिय रोजन भुजेल रहेका छन्। सोधपुछ गर्दा भुजेलले हेटौडा तथा वीरगन्जको कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भन्दै प्रलोभनमा पारेर २ जना युवतीलाई भारततर्फ लैजाँदै थिए।

पक्राउ परेका भुजेललाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ बमोजिमको कसुरमा थप अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर