Saturday, September 19, 2026

‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्दै यौन धन्दामा लगाउने खातुन पक्राउ

Advertisement
Advertisement

वीरगन्ज, २८ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्साको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले एक महिलालाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ नगवा निवासी २० वर्षीया आलिया खातुन रहेकी छन्। आलियालाई भारतको रक्सौलस्थित एक होटेलमा यौन दुव्र्यवहारको शिकार बनाउने प्रयासमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।

आलियाले ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ जस्ता प्रलोभन देखाई नाबालिकाहरुलाई रक्सौलमा यौन धन्दामा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पर्सा प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानपछि मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ बमोजिम पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर