Tuesday, June 9, 2026

१२ किलो चाँदीसहित बाराका एक जना पक्राउ

spot_img

कलैया, १३ वैशाख। काठमाडौंको नागढुंगाबाट १२ किलो भन्दा बढी चाँदीसहित बाराका एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन।

वीरगञ्जबाट काठमाडौं जादै गरेको बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा १२ किलो एक सय ७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए। बिल बिजक बिनाका चाँदीका गरगहना बोकेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर