Tuesday, August 11, 2026

हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

कलैया, १७ जेठ। जंगली हात्तीको आक्रमणमा परी सप्तरीमा एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ निवासी ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ।

मृतक विष्टलाई घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा शनिबार बिहान जंगली हात्तीले आक्रमण गरेको हो।बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए ।

कहिलेकाहीँ उनी खेतमा बनाइएको छाप्रोमा सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर