Friday, September 25, 2026

बाराको सिमरामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले गरे रक्तदान

Advertisement
Advertisement

अभिनाश अधिकारी/सिमरा, १७ जेठ। बाराको सिमरामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त अभावको स्थितिलाई मध्यनजर गर्दै कोसेली युथ क्लब जितपुर सिमराको आयोजनामा आज सिमराको हुलास मेन गेट अगाडि आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी, वीरगंज–पर्साको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३६ पुरुष र ४ महिला गरी ४० जनाले रक्तदान गरेका छन्। कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्वप्रति जागरूकता फैलाउनुका साथै बिरामीलाई आवश्यक रक्तको आपूर्तिमा महत्वपूर्ण सहयोग पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

कोसेली युथ क्लबले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर