26 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
26 C
Kalaiya
Saturday, September 13, 2025

वीरगञ्जमा एक पुरुष मृत अवस्थामा फेला

spot_img
spot_img

कलैया, १८ जेठ। वीरगञ्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छ्न। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा टोलका ५९ वर्षीय अरुणलाल कर्ण मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अल्जाइमर रोगी रहेका कर्ण जेठ १६ गते साँझ ५ बजे घरबाट दाह्री काट्न जान्छु भन्दै निस्किएपछि बेपत्ता भएका थिए।

Advertisement

उनी राति घर नफर्किएपछि उनका आफन्तजनले सोही दिन साँझ करिब ७ बजे प्रहरीलाई मौखिक रूपमा खबर गरेका थिए। प्रहरीको खोजतलास जारी रहँदा जेठ १८ गते आज बिहान ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नयाँ बस्तीस्थित नालाको पानी जमेको खेतखाल्टोमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर