Saturday, September 26, 2026

वीरगन्जमा २६ विद्यालयका विद्यार्थीविच हाजिरीजवाफ प्रतियोगिता, मुनलाइट स्कुल प्रथम

Advertisement
Advertisement

वीरगन्ज, २३ जेठ। पर्साको प्याब्सनमा आबद्ध वीरगन्ज महानगरपालिकाको २६ वटा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुविच स्मार्ट माइन्डस हाजिरीजवाफ प्रतियोगितामा मुनलाइट स्कुल प्रथम भएको छ।

महानगरमा अवस्थित गौतम स्कुल, मुनलाईट स्कुल, जीवन ज्योति स्कुल, मनकामना स्कुल, वीरगन्ज पब्लिक स्कुल र गोल्डेन फ्यूचर स्कुल गरी ६ वटा विद्यालयका विद्यार्थीहरू फाइनल चरणसम्म प्रतिस्पर्धा गर्दै पुगेका थिए।

ती विद्यालयहरूमध्ये मुनलाईट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। प्रतियोगितामा जीवन ज्योति स्कुल दोस्रो, मनकामना स्कुल तेस्रो भए।

कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन मधेश प्रदेश अध्यक्ष गणेश साह, इनौभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, मुनलाईट स्कुलका निर्देशक तथा प्याब्सन कार्यसमिति सदस्य सुलभ केसी, प्याब्सन पर्साका सचिव अमित आलोक, डा. हरिशंकर, शर्मानन्द कुशवाहा लगायतकाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर