Thursday, June 25, 2026

गर्मीका कारण कलैया उपमहानगर अन्तर्गतका सबै विद्यालय ३ दिनका लागि बन्द

कलैया, २७ जेठ। बाराको कलैया उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालय ३ दिन बन्द हुने भएको छ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर देखिएको भन्दै कलैया उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगर अन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा विद्यालयहरू जेठ २८ गते देखि जेठ ३० गते सम्म बन्द रहने उल्लेख छ।

असार एक गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न सुचना मार्फत अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर