Wednesday, September 16, 2026

बारामा कुटपिटबाट एक जनाको मृत्यु

Advertisement
Advertisement

कलैया,०१ असार । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ बघवनमा पुरानो रिसइवीको कारण भएको कुटपिटले एक जनाको मृत्यु भएको छ। झगडामा गम्भीर चोट लागेका ५० वर्षीय नन्दुराउत कुर्मीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जेठ २९ गते बेलुका घर नजिकै मिलमा राउत काम गरिरहेका थिए। उनीमाथि एकाएक आक्रमण भएको थियो। काम गरिरहेकै बेला उनीमाथि अन्धाधुन्ध आक्रमण भएका कारण उनी भुईँमा ढलेका थिए।

तत्पश्चात उनलाई उपचारको लागि तत्काल कलैया प्रादेशिक अस्पताल पु-याइएको थियो। चिकित्सकले कलैया अस्पतालमा राउतलाई मृत घोषणा गरेका थिए।

मृतककी श्रीमतीको आँखा अझै रसाइरहेको छ। “मेरो श्रीमान काम गरिरहनु भएको थियो,एकाएक आएर हिर्काए…घटना विवरण प्रष्ट पारिन्। उहाँले केही बिगार्नुभएको थिएन,पुरानै रिसको कारण हो यो सब,” पीडित श्रीमतीले रुदै भनेकी छन्। “हत्यारालाई कडा कारबाही होस्,हामीलाई न्याय चाहिन्छ।” उनले भनेकि छिन्।

३० गते शुक्रबार मृतक परिवारले जिल्ला प्रहरी कार्यालय बारामा कर्तव्य ज्यानअन्तर्गत जाहेरी दिएका छन्। प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजय राज पण्डितले एक जनालाई पक्राउ गरिएको जनाएका छन्। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए।

यद्यपि पक्राउ परेका व्यक्तिको नाम प्रहरीले हाल गोप्य राखेको छ। प्रहरीले घटनालाई गम्भीरताका साथ लिएको बताउँदै थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

घटनाको तीन दिनपछि मृतक नन्दु राउत कुर्मीको अन्त्येष्टि शनिबार गरिएको परिवारले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर