32 C
Kalaiya

Tuesday, July 1, 2025
32 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १७ असार। बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-३२ का २० वर्षीय महमद साहिल अंसारीको मृत्यु भएको हो । सोमबार बेलुका वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको ना६ख २९९२ नम्बरको ट्यांकरले  मधेश प्रदेश ०३–०२–०२४प ३९६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक अंसारीको मृत्यु भएको हो ।

Advertisement
Advertisement

सडक पार गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना पश्चात घाइते भएका चालकलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement
Advertisement

ट्यांकरसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका-२४ का ३० वर्षीय मेहरमान अंसारीलाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर