Wednesday, August 5, 2026

स्थानीय तहलाई बारा प्रशासनले भन्यो राजमार्गमा कर-राजस्व संकलन नगर्नु !

कलैया, २४ असार। जिल्ला प्रशासन कार्यालय बाराले राजमार्गमा ढाँट राखि कर तथा राजस्व संकलन नगर्न आग्रह गरेको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जिल्लामा रहेको १६ वटै स्थानीय तहलाई मंगलबार एक पत्र मार्फत यस्तो आग्रह गरेका हुन्।

“राष्ट्रिय राजमार्ग,सहायक राजमार्ग वा हुलाकी राजमार्गहरुमा स्थानीय तहहरुले कवाडी कर,प्रदुषण कर वा अन्य कुनै करका नाममा कुनै पनि सवारी साधनबाट कर-राजस्व नउठाउने एवं उठाउन नदिने बारेमा जानकारी गराईएकै छ। ” सहायक प्रजिअ द्वारा जारी गरिएको पत्रमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय बाराले नेपालको संविधान र प्रचलित कानूनसँग नबाझिने गरी गर्ने व्यवस्था मिलाउन स्थानीय तह लाई भनेको छ।

प्रशासनले जारी गरेको पत्रमा भनेको छ, “स्थानीय तहले आफूले लगाउन पाउने करहरु उठाउँदा नेपालको संविधानको धारा १७ र २३६ को व्यवस्थालाई विचार पुर्‍याई धारा २२८ को (२) बमोजिम आफ्नो अधिकार क्षेत्र (अनुसूची ८) भित्रको विषयमा कानून बमोजिम कर उठाउने व्यवस्था हुन एवं कर संकलन गर्न ठेक्का लगाएका ठेकेदारहरुलाई राखिएको शर्तहरु नेपालको संविधान र प्रचलित कानूनसँग नबाझिने गरी गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।”

आर्थिक वर्ष २०८२/०८३ को लागि ठेक्का संझौता गर्दा ठेकेदार पक्षलाई प्रचलित कानूनको प्रावधानका सन्दर्भमा शर्तमा नै स्पष्ट रुपमा उल्लेख गर्ने व्यवस्था गर्न पत्रमा उल्लेख छ। उल्लेखित राष्ट्रिय राजमार्ग,सहायक राजमार्ग र हुलाकी राजमार्गमा ढाट,टेबल,घुम्ती राखी वा अन्य कुनै तरिकाले कर/राजस्व उठाउने कार्य कानून विपरित भएकोले सो व्यहोरा ठेक्का संझौताको शर्तमै स्पष्ट उल्लेख गरी सो व्यवस्थाको कार्यन्वयन गर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर