Friday, September 25, 2026

एसइईमा ‘फेल’ भएका सबैले मौका परीक्षा दिन पाउने

Advertisement
Advertisement

काठमाडौं, १४ असार । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । ‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ’, उनले भनेका छन् ।

‘भाइबहिनीहरु र उहाँहरुका सबै अभिभावकज्यूहरुले यो मौकालाई ठिक ढंगले बुझेर मौका परिक्षाको तयारीमा केन्द्रित गर्न÷हुन हार्दिक अनुरोध गर्दछौं’, उनले लेखेका छन्, ‘राज्यका सबै निकायले परिक्षाको परिणाम खोज्नु भन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भुमिका, शिक्षक–अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्दछ ।’

यस अघि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बताइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर