36.2 C
Kalaiya

Tuesday, July 8, 2025
36.2 C
Kalaiya
Tuesday, July 8, 2025

spot_img

रौतहटमा १ हजार ७ सय वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

spot_img
spot_img
spot_img
Advertisement

रौतहट,२१ असार । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ।

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका-८ कबिर चोकबाट भारतीय कुखुराको चल्ला बरामद गरेको हो।

Advertisement
Advertisement

भारतका केही व्यापारीले ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

सशस्त्र प्रहरीको टोली देखेपछि व्यापारी फरार भए पनि उनीहरूले प्रयोग गरेको बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकललगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्।

बरामद सवारीसाधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर