बारा, २१ असार । बारा प्रहरीले दुई जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत खटिएको प्रहरी टोलिले कलैया उप-महानगरपालिका वडा नम्बर २० वसतपुर बस्ने मंसुर मियाँ ठकुराईको छोरा अन्दाजी वर्ष १० को समिर मियाँ ठकुराई र सोही स्थानीय तहको वडा नम्बर १२ धर्मनगर बस्ने राम एकबाल प्रसाद कुशवाहाको छोरी अन्दाजी वर्ष ४ की सोनी कुमारको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।
प्रहरीका अनुसार असार २० गते समिर र असार २१ गते सोनी अलपत्र परेका थिए । उनीहरु दुबै जना सदरमुकाम कलैया स्थित भरत चौक बाट अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।