30.6 C
Kalaiya

Thursday, October 23, 2025
spot_img
30.6 C
Kalaiya
Thursday, October 23, 2025

१ लाख १४ हजार बराबरको अबैध कपडा प्रहरीद्रारा बरामद

spot_img
spot_img

बारा, २४ असार । बारा प्रहरीले १ लाख १४ हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको छ।

Advertisement

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित वीरगंजबाट जनकपुर तर्फ जादै गरेको ना.६ ख १८७७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त अवैध कपडा बरामद गरेको हो ।

Advertisement

प्रहरीको अनुसार लेडिज सुटको कपडा १२ थान अन्दाजी मुल्य रू. ३६ हजार र  रेडिमेट लेडिज सुट ७२ पिस अन्दाजी मुल्य रू.७८ हजार २ सय रुपैयाँ बराबरको रहेको छ ।

Advertisement

यात्रु बाहक बसमा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.१ लाख १४ हजार रूपैया बराबरको कपडा रहेको प्रहरीले जनाएको छ ।

उक्त अवैध कपडालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!