Saturday, September 19, 2026

सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ

Advertisement
Advertisement

रौतहट,१२ साउन । रौतहटमा नेपाली हजारको नक्कली नोटसहित  दुईजना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजारको १३ थान नक्कली नोट बरामद गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । नक्कली नोटको ओसार पसार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत बालचनपुर चौक स्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट  बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई गएराती पक्राउ गरेको थियो ।

खान तलासीको क्रममा ईमामुल हक दर्जीले मोटरसाईकलको सीट कौभर मुनी लुकाइराखेको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

आरोपी दुवैजना ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोट बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय रौतहटको सूचनामा उल्लेख गरिएको  छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर