22.7 C
Kalaiya

Wednesday, March 19, 2025
22.7 C
Kalaiya
Wednesday, March 19, 2025

spot_img

बारामा करेन्ट लागेर प्रहरी जवान गम्भीर घाइते

spot_img
spot_img

बारा,२४ साउन । बारामा करेन्ट लागेर एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

कलैया स्थित भरत चोक नजिकै रहेको चापाकलमा पानी पिउने क्रममा खुट्टा चिप्लिएर विद्युतीय तारमा लाग्दा प्रहरी जवान घाइते भएका हुन ।

घाइते हुनेमा देवताल गाउँपालिका नम्बर ६ निवासी प्रहरी जवान सन्देश यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बारा अपडेटलाई जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैया लगिएकोमा थप उपचारको लागी बिरगंज स्थित नेशनल मेडिकल कलेज लगिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

यादव जिल्ला प्रहरी परिसर काठमाण्डौमा दरबन्दी भई प्रहरी वृत सिंहदरवारमा कार्यरत छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर