Wednesday, June 24, 2026

बारामा टेम्पु र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

बारा,०३ भदौ । बारामा टेम्पु र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगर बस्ने २४ वर्षीय रामकान्त पटेल रहेको प्रहरीले जनाएको छ ।

कलैयाबाट धर्मनगर तर्फ जादैँ गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पु धर्मनगरमा एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको दुर्घटना स्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार स्थानीय अन्दाजी ३५ वर्षीय बिजय साह ,३६ वर्षीय कमलेश चौरसिया र ४२ वर्षीय अनिल कुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भैइ रहेको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर