बारा, ०५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेसँगै नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा हाल करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ ।
जसमध्ये विभिन्न ९ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ नेपाली रुपैयाँ र हिमालयन तथा लक्ष्मी सनराइज बैंकको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर संकलन भएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रका लागि कोषमा जम्मा भएको रकममध्येबाट यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।






