Saturday, September 19, 2026

सिमरा हत्या प्रकरण : एक जना धान खेतबाट पक्राउ

Advertisement
Advertisement

बारा, ०३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडमा रहेको सम्झना स्टाफ होटेलमा शनिबार साँझ चक्कु प्रहार गरी ३८ वर्षीय शेरबहादुर खड्काको हत्याको घटनामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राई रहेका छन्। घटनालगत्तै फरार भएका राईलाई प्रहरीको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित धान खेतबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी दयाकृष्ण भट्टले पुष्टि गरेका छन्।

आपसी झगडाका क्रममा होटेलको भान्सामा चक्कु प्रयोग गरी खड्काको घाँटीमा गम्भीर प्रहार गगरिएको थियो। चक्कु प्रहारबाट सख्त घाइते भएका खड्कालाई सुरुमा सिमरा नगर अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो। तर, उपचारकै क्रममा शनिबार साँझ ६:४० बजे उनको मृत्यु भएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर