Sunday, September 20, 2026

उद्योगी–व्यवसायी र बाराका सीडीओबीच औद्योगिक सुरक्षाबारे छलफल

Advertisement
Advertisement

बारा, ०४ असोज । वीरगन्ज उद्योग वाणिज्य संघ र बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खडानन्द अधिकारीबीच छलफल भएको छ।

संघका अध्यक्ष हरि प्रसाद गौतमसहित संघका प्रतिनिघिहरुले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै औद्योगिक क्षेत्रका विद्यमान समस्या, लगानीको वातावरण र औद्योगिक सुरक्षाका विविध विषयमा ध्यानाकर्षण गराएको हो। प्रजिअ अधिकारी केहिदिन अघि मात्रै सरुवा भएर बारा आएका हुन्।

छलफलका क्रममा संघका अध्यक्ष गौतमले औद्योगिक करिडोरमा व्यवसाय सञ्चालनका लागि शान्ति सुरक्षा मुख्य पूर्वाधार रहेको उल्लेख गर्दै उद्योगी-व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे।

पर्सा र बाराका औद्योगिक क्षेत्रमा देखिएका सुरक्षा चुनौती तथा अन्य व्यावहारिक समस्या समाधानका लागि स्थानीय प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय एवं सहकार्य आवश्यक रहेको धारणा उनले व्यक्त गरेका छन्।

सो क्रममा संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले औद्योगिक क्षेत्रका सुरक्षा चुनौती र करसम्बन्धी जटिलताबारे सीडीओ अधिकारीलाई गराए। साथै, वरिष्ठ उपाध्यक्ष माधव राजपालले वैध रूपमा सञ्चालित उद्योग-व्यवसायलाई सहज वातावरण मिलाउन प्रशासनको सहयोग अपरिहार्य रहेको बताउँदै बलियो सुरक्षा व्यवस्थाले मात्र लगानीकर्तामा विश्वास जगाउने उल्लेख गरेका छन्।

उद्योगी-व्यवसायीका कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले नियमसंगत र वैध व्यवसायलाई प्रवर्द्धन गर्न प्रशासन प्रतिबद्ध रहेको बताएका छन्।

औद्योगिक क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम गठन गरी आपतकालीन अवस्थामा तत्काल सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाइने उनले जानकारी दिए।

व्यवसायीहरूलाई ढुक्क भएर उद्योग सञ्चालन गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यालयहरूबाट दिइने सेवालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता समेत जनाएका छन्।

उक्त छलफल कार्यक्रममा संघका उपाध्यक्ष आशिष लाठ, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाल लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर