23.1 C
Kalaiya

Tuesday, March 25, 2025
23.1 C
Kalaiya
Tuesday, March 25, 2025

spot_img

दुई सय चालीस किलो लागु औषध गाजाँसहित दुई जना पक्राउ

spot_img
spot_img

कलैया,२५ भदौ । बारा प्रहरीले २ सय ४० किलो लागु औषध गाजाँ सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ट्रक चालक चितवनको राप्ती नगरपालिका- ३ झुरझुरे बस्ने अन्दाजी २६ वर्षीय  विज्ञान तिमल्सिना र ट्रक सह-चालक सोही ठाउँमा बस्ने अन्दाजी १८ वर्षीय बाबु काजि परियार रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज स्थित हेटौडाबाट पथलैया तर्फ जादै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकि चेक जाच गर्ने क्रममा लागु औषध गाजाँ सहित ट्रक नियन्त्रणमा लिइएको हो ।

ट्रकको क्याबिन सग जोडिएको फल्स बटम भित्र लुकाइ छिपाइ राखिएको १५ पोका अन्दाजी २ सय ४० किलो लागु औषध गाजाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ट्रक सहित दुई जनालाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर