Saturday, August 1, 2026

प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

कलैया, ३० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएका अन्य ब्यक्ति बारे निष्पक्ष छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागीमध्ये कतिपय व्यक्तिहरू स्वदेश नफर्किएको भन्ने खबर प्रतिनिधिसभा देखि समचारमा समेत सार्वजनिक भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग गएकामध्ये केही व्यक्ति नेपाल नफर्किएको भन्दै संसद्मा प्रश्न उठाएकी थिइन् ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्। छानबिनका क्रममा कसैको संलग्नता पाइएमा कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणका लागि प्रस्थान गरेका थिए भने उनी नेतृत्वको टोली असार २० गते फर्किएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर