कलैया । बारा प्रहरीले दुई जना फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीको कारवाही सिलसिलामा ईलाका प्रहरी कार्यालय कहवीगोठबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका तथा लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले बाल विवाह मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना पाएका जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४५ वर्ष की कोशीला देवीलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरीले अपराधिक लाभ मुद्दामा अदालतबाट ३ महिना ३ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना पाएका सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया बस्ने अन्दाजी ३५ वर्षीय मुकेश प्रसाद यादवलाई पक्राउ गरी जिल्ला अदालत बारामा दाखेल गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।