Saturday, October 3, 2026

बारामा पाँच जना फरार रहेका प्रतिवादी प्रहरीको नियन्त्रणमा

Advertisement
Advertisement

कलैया,० ४ असोज । बारा प्रहरीले पाँच जना फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी कारवाहीको सिलसिलामा बुधबार अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका बाराको कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ६७ वर्षीय मन्जु रहमान र सोहि ठाउँमा बस्ने अन्दाजी ५७ वर्षकी मासुमा भन्ने मनोरमालाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दश रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ घोघलरीयामा बस्ने ७३ वर्षकि शिवरानी भन्ने शिउतरनिया थरूनी र अदालतबाट एक सय रुपैयाँ जरिवाना पाएका वार्ड नम्बर ७ बैरियामा बस्ने अन्दाजी ५३ वर्षीय सरद कुमार उपाध्यायलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले सार्वजानिक मुद्दामा अदालतबाट पाँच सय रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ७७ वर्षीय सुकुट माझी मुसहरलाई पक्राउ गरि जिल्ला अदालत बारा कलैयामा दाखेल गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर