16.9 C
Kalaiya

Friday, November 14, 2025
spot_img
16.9 C
Kalaiya
Friday, November 14, 2025

बारामा पाँच जना फरार रहेका प्रतिवादी प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

कलैया,० ४ असोज । बारा प्रहरीले पाँच जना फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरी कारवाहीको सिलसिलामा बुधबार अस्थाई प्रहरी पोष्ट बसपार्क बाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका बाराको कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ६७ वर्षीय मन्जु रहमान र सोहि ठाउँमा बस्ने अन्दाजी ५७ वर्षकी मासुमा भन्ने मनोरमालाई पक्राउ गरेको हो ।

Advertisement

त्यस्तै प्रहरीले जालसाजी मुद्दामा अदालतबाट दश रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ घोघलरीयामा बस्ने ७३ वर्षकि शिवरानी भन्ने शिउतरनिया थरूनी र अदालतबाट एक सय रुपैयाँ जरिवाना पाएका वार्ड नम्बर ७ बैरियामा बस्ने अन्दाजी ५३ वर्षीय सरद कुमार उपाध्यायलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले सार्वजानिक मुद्दामा अदालतबाट पाँच सय रुपैया जरिवाना पाएका कलैया उपमहानगरपालिका –१ मा बस्ने अन्दाजी ७७ वर्षीय सुकुट माझी मुसहरलाई पक्राउ गरि जिल्ला अदालत बारा कलैयामा दाखेल गरिएको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर